Da auf der lauernden, der weißen Strecke,

wo die Klarheit offen, so feindlich offen
und ertappt liegt: Die Klarheit des Begriffs
Klarheit begreifen, wie wenn sagen wir wäre
ein weites Feld, wie wenn sagen wir wäre
verschneit, wie wenn klar wäre auch
aus großer Distanz: Da liegt ja mein Blick
und er ist und blickt so freundlich fremd
da auf der ausgestreckten, weißen Lauer.

© Christian Filips
Avdio produkcija: Haus für Poesie / 2017

ऊ त्यहाँ पर्खिरहेछ, जहाँ छर्लङ्ग देखिन्छ

कति अमिल्दो खुला तर कतै फसेझैं
छर्लङ्गपनाको अर्थ छ्याङ्ग हुनु, 
जसरी हामी भत्रे गर्छौं कस्तो हुने थियो होला
एउटा फराकिलो चउर भई दिएको भए
त्यो चउर हिउले ढाकेको भए
टाढ़ैबाट छर्लङ्ग देखिएको भए M
मेरो नजर त्यहाँ छ, त्यो अमिल्दो मित्र
जसको सुनौलो पर्खाइमा पैmलिरहेछ अझ धेर फराकिलोपना।

Translated into Nepali by Sudha Rai

 



ऊ त्यहाँ ढुकिरहेको छ फराकिलो सेतो फलकमा छर्लङ्गैसित

कति अमित्रवत पाराले ढुकेको मलाई
कि छर्लङ्ग हुनु भत्रे विचारलाई समेत छर्लङ्ग पार्दै।
भन्छौं नि हामी यस्तो भएको भए कस्तो हुन्थ्यो,
एउटा फराकिलो चौर भएको भए, 
त्यसलाई हिउँले सेताम्मे ढाकेको भए, 
टाढ़ैबाट झ्याङ्ग देखिने भए कस्तो हुन्थ्यो होला,
त्यहीँ पर्छ मेरो नजर,
मैतिरै हेर्दै पो ढुकिबसेको छ त्यो त
आफ्नो असीम उज्यालो पैmलावटसित।
Translated into Nepali by Rajendra Bhandari 

Translated into Nepali by Rajendra Bhandari and Sudha M. Rai

A result of the project Poets Translating Poets. Versschmuggel mit Südasien, organised in 2016 by the Goethe Institute in collaboration with Haus für Poesie Berlin