Wie Wasser kocht,

erwarte ich den Liebsten.

Der Liebste kocht in mir
wie Wasser kocht.

Bedingungslos der Liebste
sprudelt – Ich

koche Tee.

Und sehe – selber Blase –
Blasen lieben.

Erst bin ich vier, dann Viertel
nach, dann sieben. Erst siede,

dann koch ich.
Dann Rauch.

© Peter Engstler Verlag
Peter Engstler Verlag,
Production audio: Haus für Poesie / 2017

पानी उम्लिएजस्तो

प्रियलाई उम्लिँदै पर्खिरहेको छु। 

प्रियले मलाई उमालिरहेको छ 
पानीलाई जस्तै। 

चिया पकाउँछु 
प्रिय त पानीको फोका पो हुन्छ 
आपस्तमा माया गरिरहेका पानीका फोकाहरू। 

चार बजे, चार–पन्ध्र बजे हुँदै 
सात बजे त मै पनि उम्लिन्छु। 

त्यसपछि मुर्मुरिन्छु 
र बाफ बाफ हुन्छु। 

Translated into Nepali by Rajendra Bhandari 



पानी उम्लिए जस्तो,

प्रियलाई पर्खिरहेको छु। 

त्यो प्रियले मलाई उमालिरहेको छ 
पानीलाई जस्तै। 

स्वतः त्यो प्रिय पानीको फोका हुन्छ 
– म 
चिया पकाउँछु अनि देख्दछु –
फोकाहरू आपस्तमा मन पराएको। 

पहिला म चार बजेको हुन्छु 
त्यसपछि चार–पन्ध्र हुँदै 
सात बजेमा झर्छु र 
उम्लिन्छु। 

त्यसपछि मुरमुरिँदै 
अनि वाफ–वाफ हुन्छु।

Translated into Nepali by Sudha M. Rai 

Translated into Nepali by Rajendra Bhandari and Sudha M. Rai

A result of the project Poets Translating Poets. Versschmuggel mit Südasien, organised in 2016 by the Goethe Institute in collaboration with Haus für Poesie Berlin