प्रतिबिम्ब


अति कोमल हृदयको निकुञ्जबाट
बग्दै झर्छ
प्रेमधारा।
म अतृप्त नै छु।
जब दुई हत्केलामा अञ्जुलिभरि
पानी थाप्छु
म निःशब्द
मेरो हजुर प्रेममा अवतरित
एकै नजरमा परिपृप्त हुन्छु।

© Sudha M Rai
Producción de Audio: Goethe Institut, 2016